६ भदौ २०८२, तेह्रथुम। तेह्रथुममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक सय २६ पिन्ट रगत संकलन भएको छ।
विश्व बन्धुत्व दिवसको अवसर पारेर केन्द्रले सदरमुकाम म्याङलुङ र जिरीखिम्ति बजारमा भदौ ६ गते रक्तदान कार्यक्रमको आयोजना गरेको हो। म्याङलुङमा भएको रक्तदानमा १०२ पिन्ट र जिरीखिम्तिमा भएको रक्तदानमा २४ पिन्ट रगत संकलन भएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तेह्रथुमकी प्रमुख शक्ति पाण्डेले बताउनुभयो।
जिल्ला अस्पताल र नेपाल रेडक्रश सोसाइटी तेह्रथुमको प्राविधिक सहयोग एवम् जीवन विज्ञान प्रयोगशाला, म्याङलुङ क्याम्पस र हेभेन्ली पाथ नेपाल, तेह्रथुमको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
केन्द्रले देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। नेपालको इतिहासमै पहिलो पटक एकै दिन ५०४७ पिन्ट रगत संकलन भएको केन्द्रले जनाएको छ।