September 12, 2025

Posts by वविता राई

म्याङलुङ–५ स्थित हरिहर आविका विद्यार्थीलाई हर्क लिम्बू र बबिता (राई) लिम्बू दम्पतिको सहयोग

Written by वविता राई

२७ भदौ २०८२, तेह्रथुम। लुगाफाटोकै अभावका कारण पढाई छाड्नुपरेको आफ्नो दुःखद वाल्यकाललाई स्मरण गर्दै तेह्रथुमको म्याङलुङ नगरपालिका–५ आङ्दिमका हर्क लिम्बू र उहाँकी जीवनसंगीनि बबिता (राई) लिम्बूले स्थानीय हरिहर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक र स्टेशनरी सामग्री प्रदान गर्नुभएको छ । बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच विद्यालयमा अध्ययनरत ५० जना छात्र–छात्रालाई टि–सर्ट र ट्रयाक, कपि, […]

तेह्रथुमको आठराइमा विद्यालयभित्र जातीय विभेद भएको घटनाप्रति आपत्ति

Written by वविता राई

तेह्रथुम, भाद्र १३ – जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–७ स्थित नामजाङु आधारभूत विद्यालयमा जातीय विभेद भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। भाद्र ११ गते विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तारादेवी बुढाथोकीले विद्यालयका एक जना शिक्षकलाई खानपिनका बेला अलग राखेको र छात्रछात्रामाझ जातीय आधारमा विभेद गर्ने व्यवहार गरेको आरोप लगाइएको मोर्चाले जनाएको […]

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले तेह्रथुममा गरेको रक्तदानमा १२६ पिन्ट रगत संकलन

Written by वविता राई

६ भदौ २०८२, तेह्रथुम। तेह्रथुममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक सय २६ पिन्ट रगत संकलन भएको छ। विश्व बन्धुत्व दिवसको अवसर पारेर केन्द्रले सदरमुकाम म्याङलुङ र जिरीखिम्ति बजारमा भदौ ६ गते रक्तदान कार्यक्रमको आयोजना गरेको हो। म्याङलुङमा भएको रक्तदानमा १०२ पिन्ट र जिरीखिम्तिमा भएको रक्तदानमा २४ पिन्ट रगत संकलन भएको ब्रह्माकुमारी […]

ह्यात्लुङ झरनाः प्रचुर सम्भावना, पूर्वाधार र प्रचारको अभाव

Written by वविता राई

४ भदौ २०८२, तेह्रथुम। तीन सय ६५ मिटर अग्लो चट्टाने पहराबाट निर्भर झरिरहने मनमोहक छाँगो । वरीपरी हरिया जङ्गल । झरनाको फेदीमा पर्यटकका निम्ति बनाइएको ट्रस पुल । पुलमुनि अजङ्गको पहरा । नजिकै ओंत लाग्ने पाटी । अग्लो पहराबाट झरिरहने झरनाको एकोहोरो संगीत । यीनै विशेषताले चर्चित छ, तेह्रथुमको ह्यात्लुङ झरना । फेदाप गाउँपालिका वडा […]

गीतकार सुनिल निर्दोषीको शब्द रहेको ‘तमोर तरेर’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

Written by वविता राई

१ भदौ २०८२, तेह्रथुम। गीतकार सुनिल निर्दोषी पारघरीको शब्दमा ‘तमोर तरेर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। मनोज साङ्सोन राईको संगीत तथा एरेन्ज र सोमु थेगिम सुब्बाको स्वरमा सजिएको उक्त गीतको भिडियो सिमिक्लुङ दर्पण युट्युव च्यानल मार्फत् सार्वजनिक गरिएको हो। सुजन लिम्बूको निर्देशन, डीबी लिम्बूको छायाङ्न तथा सम्पादन रहेको भिडियोमा इन्द्रसुशिल लिम्बू र राजकुमारी […]

    मनु याक्थुङबा “ताराबहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार–२०८२” द्धारा सम्मानित 

Written by वविता राई

२९ साउन, तेह्रथुम । फोनिज तेह्रथुमका संस्थापक मनु याक्थुङबा, “ताराबहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार–२०८२” बाट सम्मानित हुनुभएको छ ।       नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज  तेह्रथुम शाखाले स्थापना गरेको उक्त पुरस्कार २६ औ फोनिज स्थापना दिवशको अवसरमा याक्थुङबालाई प्रदान गरेको हो ।   तेह्रथुममा फोनिज स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका याक्थुङबा […]

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तेह्रथुमद्धारा दिगो विकासका लागि युवा सशक्तिकरण कार्यक्रम सम्पन्न

Written by वविता राई

२७ साउन, तेह्रथुम । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तेह्रथुमले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दिगो विकासका लागि युवा सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम ब्रह्मकुमारी राजयोग उप सेवा केन्द्र तेह्रथुमकी सञ्चालिका ब्रह्माकुमारी शक्ति दिदीज्यूको अध्यक्षता तथा म्याङ्लुङ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मिननाथ दाहालको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति श्रीकृष्ण […]

चलचित्र ‘अञ्जिला’ तेह्रथुमको म्याङलुङमा प्रदर्शन हुने

Written by वविता राई

२५ साउन २०८२, तेह्रथुम। नेपाली महिला राष्ट्रिय फुटवल टोलीका गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनी प्रभावित चलचित्र ‘अञ्जिला’ तेह्रथुममा प्रदर्शन हुने भएको छ। सदरमुकाम म्याङलुङस्थित टुँडिखेलको सभाहलमा लाखेजात्राको अवसर पारेर यहीँ साउन २७ र २८ गते त्यस्तै भदौ २ गतेदेखि ७ गतेसम्म चलचित्र ‘अञ्जिला’ प्रदर्शन हुने भएको हो। उक्त चलचित्र दिउँसो १२ बजे, अपरान्ह तीन बजे […]

तारा बहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार मनु याक्थुङबालाई प्रदान गरिने

Written by वविता राई

२५ साउन २०८२, तेह्रथुम। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुमले यस वर्षदेखि वितरण गर्ने ‘तारा बहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार मनु याक्थुङबालाई प्रदान गर्ने भएको छ। फोनिज तेह्रथुमको शनिबार बसेको कार्यसमिति बैठकले उक्त पुरस्कार फोनिज तेह्रथुमका संस्थापक अध्यक्ष याक्थुङबालाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारको राशी सम्मान–पत्र सहित दश हजार रुपैंयाँ रहेको छ। […]

नाम–ओती फिल्म किन हेर्नैपर्ने ?

Written by वविता राई

२२ साउन, तेह्रथुम २०८२ ः लिम्बू समुदायको परम्परा, संस्कृति र ग्रामीण जीवनशैलीका विविध आयामहरू उजागर गर्ने उद्देश्यले निर्माण गरिएको नेपाली चलचित्र ‘नाम–ओती’ तेह्रथुमको म्याङलुङ बजारमा विशेष प्रदर्शन गरिने भएको छ । प्रदर्शनका लागि साउन २९, ३० र ३१ गतेको मिति तय गरिएको छ । श्रीकृष्ण जन्माष्टमी तथा लाखे जात्राको सांस्कृतिक अवसर पारेर आयोजना गरिएको यस […]

Copyright Reserved by NepBrand