इटहरीमा याक्थुङ भाषा, शिक्षा र संस्कृतिसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न
Written by वविता राई
साउन १०, इटहरीःसुनसरीको इटहरीमा याक्थुङ (लिम्बू) भाषा, शिक्षा, संस्कृति तथा ज्ञानसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। काठमाडौं विश्वविद्यालय, शिक्षाशास्त्र संकायअन्तर्गत भाषा शिक्षा विभागको आयोजनामा साउन ९ र १० गते इटहरीस्थित कस्तुरी एकेडेमीमा आयोजित सम्मेलनमा कोशी प्रदेशका तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटालगायत जिल्लाबाट भाषा विज्ञ, अनुसन्धानकर्ता, अध्यापक तथा विद्यार्थीको सहभागिता रहेको […]
नेवा देय दवु कोशी प्रदेशको सातौँ पूर्ण बैठक म्याङलुङमा सम्पन्न
Written by वविता राई
तेह्रथुम, ११ साउन ः नेवा देय दवु कोशी प्रदेशको सातौँ पूर्ण बैठक तेह्रथुमको म्याङलुङमा सम्पन्न भएको छ। नेवा देय दवु जिल्ला कार्यसमिति तेह्रथुमको आयोजनामा सम्पन्न बैठकमा नेवार समुदायको भाषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र संवद्र्धनका विषयमा छलफल गरिएको जिल्ला कार्यसमिति तेह्रथुमका सल्लाहकार शंकर जोशीले जानकारी दिनुभयो। बैठकमा कोशी प्रदेशका १३ जिल्लाबाट सहभागी नेवा देय […]
तेह्रथुममा महिलाको हत्या आरोपित पाँचथरबाट पक्राउ
Written by वविता राई
७ साउन तेह्रथुमः तेह्रथुममा एक महिलाको हत्या गरी फरार रहेका आरोपितलाई प्रहरीले पाँचथरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक खेमबहादुर खत्रीका अनुसार आठराई गाउँपालिका–६, चुहानडाँडा सिमखर्कका ३८ वर्षीय कृष्णबहादुर लिम्बूले बुधबार बिहान करिब १०ः४० बजे छिमेकी तथा भाउजू नाता पर्ने रुपा कन्दङवा लिम्बूमाथि बाम्फक प्रहार गरेका थिए। शरीरका विभिन्न भागमा गम्भीर चोट […]
सिसेक्पा तङनाम ५०८६ को अवसरमा किरात याक्थुङ चुम्लुङ तेह्रथुम र किरात समाज सेवा तेह्रथुमद्वारा छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रम
Written by वविता राई
१ साउन, तेह्रथुम ः लिम्बू समुदायको महान् पर्व सिसेक्पा तङनाम ५०८६ को अवसरमा किरात याक्थुङ चुम्लुङ तेह्रथुम र किरात समाज सेवा तेह्रथुमले छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी पर्व मनाएका छन्। किरात याक्थुङ चुम्लुङ तेह्रथुमद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लोकबहादुर सिंगकले पछिल्लो समय लिम्बू जातिका मौलिक पर्वहरू लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षण, प्रवद्र्धन तथा […]
तेह्रथुमका नवनियुक्त खेलकुद विकास समिति उपाध्यक्ष लिम्बूद्धारा पदभार ग्रहण
Written by वविता राई
३२ असार, तेह्रथुमः जिल्ला खेलकुद विकास समिति तेह्रथुमका नवनियुक्त उपाध्यक्ष दुर्गा सिंगक लिम्बूले पदभार ग्रहण गर्नुभएको छ । बिहीबार सदरमुकाम म्याङलुङस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपाध्यक्ष लिम्बूले पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहण गर्दै उहाँले तेह्रथुम जिल्लाको समग्र खेलकुद क्षेत्रको विकासका लागि निष्ठापूर्वक, इमानदारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा म्याङलुङ नगरपालिकाकी उपमेयर […]
म्याङलुङ नगरपालिकाद्वारा ४५ करोड ९५ लाख ६३ हजार रुपैयाँको बजेट प्रस्तुत
Written by वविता राई
१८ असार तेह्रथुमः म्याङलुङ नगरपालिकाले ४५ करोड ९५ लाख ६३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। बिहिवार नगरसभाको १७औँ अधिवेशनमा नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरिएको हो। प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड, सशर्त, समपूरक तथा विशेष अनुदानमार्फत ४० करोड ७५ लाख ४९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। […]
तेह्रथुमका नवनियुक्त खेलकुद विकास समिति अध्यक्ष नेपालद्धारा पदभार ग्रहण
Written by वविता राई
१७ असार तेह्रथुमः जिल्ला खेलकुद विकास समिति तेह्रथुमका नवनियुक्त अध्यक्ष राजकुमार नेपालले पदभार ग्रहण गर्नुभएको छ । बुधबार सदरमुकाम म्याङलुङ स्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा नव नियुक्त अध्यक्ष नेपालले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे नवनियुक्त अध्यक्ष नेपालले तेह्रथुम जिल्लाको समग्र खेलकुद क्षेत्रको विकासको लागि निष्ठापूर्वक र इमानदारपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो […]
तेह्रथुममा उत्कृष्ट छ धान उत्पादक कृषक सम्मानित
Written by वविता राई
१५ असार तेह्रथुमः कृषि ज्ञान केन्द्र तेह्रथुमले २३औँ राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाका उत्कृष्ट छ जना धान उत्पादक कृषकलाई सम्मान गरेको छ । सोमबार म्याङलुङ नगरपालिका–१० खाल्डेमा आयोजित रोपाइँ महोत्सव तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रममा जिल्लाका छवटै स्थानीय तहका कृषि विकास शाखाबाट छनोट भएका उत्कृष्ट धान उत्पादक कृषकलाई जनही रु चार हजार नगद, सम्मानपत्र र […]
मलेसियामा कार्यरत लिम्बू दम्पतीद्वारा विद्यार्थीलाई रु तीन लाखभन्दा बढीको सहयोग
Written by वविता राई
१३ असार तेह्रथुमः म्याङलुङ नगरपालिका–५ आम्फुवा माझगाउँ स्थायी घर भइ हाल मलेसियामा कार्यरत हर्क थेगुवा लिम्बू र उहाँकी श्रीमती बबिता राई लिम्बूले पाँचथरको फिदिम नगरपालिका–४ सालघारीस्थित श्री जागृति आधारभूत विद्यालयका विद्यार्थीलाई रु तीन लाखभन्दा बढी बराबरको शैक्षिक सामग्री, लत्ताकपडा तथा भोजन सहयोग गर्नुभएको छ । लिम्बू दम्पतीले विद्यालयलाई करिब रु दुई लाख ३० हजार बराबरका […]
म्याङलुङ नगरपालिकाद्वारा म्याङलुङ क्याम्पसका २३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान
Written by वविता राई
११ जेठ तेह्रथुमः म्याङलुङ नगरपालिकाले म्याङलुङ क्याम्पस, तेह्रथुममा स्नातक तहमा अध्ययनरत २३ जना गरिब, जेहेनदार, अपाङ्गता भएका, दलित तथा सीमान्तकृत छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। क्याम्पस प्रशासन प्रमुख ललित श्रेष्ठका अनुसार छात्राहरूको शैक्षिक स्तरवृद्धिका लागि क्याम्पसमा आज एक कार्यक्रमका बीच सो छात्रवृत्ति वितरण गरिएको हो। कार्यक्रममा उपमेयर जमुना कार्की सुवेदीले नगरपालिकाको बेरुजुका कारण बजेटमा केही […]