June 15, 2026

राष्ट्रिय जनमुक्ति पार्टी तेह्रथुमको अध्यक्षमा थेगुबा निर्वाचित

३१ जेठ तेह्रथुमः राष्ट्रिय जनमुक्ति पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट ऋतुराज थेगुबाको नेतृत्वमा २१ सदस्यीय जिल्ला स्तरीय समिति निर्वाचित भएको छ ।
पार्टीका केन्द्रीय उपाध्यक्ष डकेन्द्र सिंह थेगिमको प्रमुख आतिथ्य तथा सह–सचिव गजेन्द्र आङबुङको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनले सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको हो । सोही अवसरमा पार्टीका संस्थापक सदस्य, राजनीतिक चिन्तक एवं समाजसेवी राम बहादुर तुम्बाङफेलाई उहाँको योगदानको कदर गर्दै पार्टीको तर्फबाट विशेष सम्मान गरिएको थियो ।
नवनिर्वाचित समितिलाई प्रमुख अतिथि लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Ads

Ad

Ad

Copyright Reserved by NepBrand