August 12, 2025

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तेह्रथुमद्धारा दिगो विकासका लागि युवा सशक्तिकरण कार्यक्रम सम्पन्न

२७ साउन, तेह्रथुम । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तेह्रथुमले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दिगो विकासका लागि युवा सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम ब्रह्मकुमारी राजयोग उप सेवा केन्द्र तेह्रथुमकी सञ्चालिका ब्रह्माकुमारी शक्ति दिदीज्यूको अध्यक्षता तथा म्याङ्लुङ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मिननाथ दाहालको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति श्रीकृष्ण दाहाल, नेपाल बाल सङ्गठनका सभापति अर्जुन ढुङ्गाना, नेपाल युवा सङ्घ तेह्रथुमका अध्यक्ष अनिल नेपाल, म्याग्लुङ क्याम्पसका उपप्राध्यापक हरि खनाल, लाइब्रेरी प्रमुख अमिता श्रेष्ठ, गायत्रा ढुङ्गानाको आतिथ्यतामा तथा म्याग्लुङ बहुमुखी क्याम्पसका विद्यार्थीहरू र श्री सिंहबाहिनी माध्यमिक विद्यालयका विद्यार्थीहरू सथै स्थानीय युवाहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रममा संस्थाका राजयोग प्रशिक्षक ब्रह्माकुमार एकराज ढुङ्गानाले कार्यक्रमको विषयमा प्रकाश पार्दै दिगो विकासका लागि विश्वले युवाहरूप्रति गरेको विश्वास, आशा र भरोसालाई मूर्त रूप प्रदान गर्नका लागि युवाहरू  आन्तरिक रुपमा सशक्त हुन जरुरी छ जसका लागि आध्यात्मिक चिन्तन, योग साधना जरुरी रहेको बताउँदै विभिन्न प्रेरणामूलक र रोचक प्रस्तुति मार्फत आफ्ना भनाई राख्नुभएको थियो ।

साथै संस्थाकी मुख्य सञ्चालिका ब्रह्माकुमारी शक्ति दिदीले मूल्य सम्पन्न जीवनले नै वास्तवमा दिगो विकास सम्भव हुने कुरा बताउनुभयो ।

प्रमुख अतिथि म्याङ्गो नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मिननाथ दाहालले युवाहरू हिम्मत राखेर सहनशील बनेर जीवनको हरेक क्षेत्रमा अगाडि बढे मात्र सफलता प्राप्त गर्न सकिने कुरा व्यक्त गर्नुभयो।

आजकै दिन ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आफ्ना विश्वभरि १४२ देशहरूमा  रहेका विभिन्न शाखाहरूको माध्यमबाट अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्य रुपमा सम्पन्न गरेको छ।

 

Ads

Ad

Copyright Reserved by NepBrand