July 27, 2025

फलफूल बेचेर लाखौ आम्दानी गर्दै फेदाप–५ का केशर प्रशाद घिसिङ

११ साउन, तेह्रथुम ः स्वदेशमा सम्भावना नदेखेर दैनिक थुप्रै युवा विदेश पलायन हुन्छन् । तर तेह्रथुमको फेदाप गाउँपालिका–५ केशर प्रशाद घिसिङलाई भने आफ्नै बारी अनि पाखा–भित्ता र त्यसमा लगाइएका फलफूल स्याहार्दैमा फुर्सद छैन ।
जाँगर चलाए गाउँघरमै पनि सम्भावना छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ, ६७ वर्षिय घिसिङ । उहाँले ४५ रोपनी जग्गामा व्यावसायिक फलफूल खेति लगाउनुभएको छ । फलफूल, फलफूलका बेर्ना र बाख्रापालनबाट उहाँले अहिले वार्षिक १० लाखभन्दा बढि आम्दानी गरीरहनुभएको छ । तिनै पाखाबारीमा घिसिङको वर्तमान रमाइरहेको छ भने भविश्य समेत हाँसिरहेको देख्नुहुन्छ उहाँ । केहि वर्षमै ति विरुवाहरुले २५÷३० लाखको आम्दानी दिने कुरामा विश्वस्त रहेको घिसिङले सुनाउनुभयो ।


घिसिङको जमिनमा १०, १२ वर्ष अघिसम्म ३० देखि ४० मन सम्म अलैंची फल्थ्यो । अलैंचीमा गानो कुहिने र छिर्के फुर्के जस्ता रोग लागेर उत्पादन हुन छाडेपछि भने उहाँ फलफूल खेति तिर लाग्नुभयो । डिभिजन वन कार्यालय मार्फत कृषिवन प्रणाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत पाएको अनुदानलाई थप गरेर उहाँले अलैचि बगान मासेर फलफूलका विरुवा लगाउनुभयो। ६ वर्ष अघि लगाएका ति विरुवाहरुले अहिले आम्दानी दिनथालेका छन् ।


उहाँको कृषिफर्ममा हाइब्रिड सुन्तला, बोधिचित्त, ओखर जस्ता फलफूलका बेर्ना उत्पादन हुन्छन् । बेर्ना उहाँले जिल्लाका विभिन्न स्थानमा निर्यात गर्दै आउनुभएको छ । उहाँले ५० वटा बोयर जातका बाख्रा समेत पाल्नु भएको छ । अलैंची खेती, बेर्ना उत्पादन र बाख्रा पालनबाट बार्षिक दशलाख रुपैंया हाराहारी आम्दानी ग्र्र्दै आएको उहाँले सुनाउनुभयो ।


२५ वर्षअघि धरानमा सेल्स सर्भिसको पसल गर्नूभएको उहाँ पसलबाट घाटा लागेपछि पुख्र्यौली पेशा कृषिकर्ममै फर्किनुभयो । सातजनाको परिवार, घर व्यवहार र छोराछोरीको शिक्षा दिक्षा यही ँआम्दानीले धानेको उहाँले बताउनुभयो ।


अलैचिखेतिमा रोग लागेर उजाड हुनलागेको बारीमा उहाँले फलफूलका विरुवा लगाएर मनग्यै आम्दानी गरिरहुनुभएको छ । शेर्मा–पोक्लाबाङ–सेल्फि डाँडा पक्कि सडक छेउमै रहेको उहाँको फलफूल बगैंचामा झापाको बिर्तामोड, दमक, सुनसरीको धरान, प्रदेश राजधानी बिराटनगरबाट व्यापारी आएर फलफूल खरिद गरी लैजाने गरेका छन् । आफू कृषि पेशाबाट सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।
परिवार पाल्नकै लागि गाउँका युवाहरु विदेश पलायन भइरहदा गाउँका खेतियोग्य जमिन बाझिएका छन् । परम्परागत खेतिबाट परिवारको जोहो टार्न सम्म सम्भव छैन तर घिसिङले जस्तै तिनै जमिनमा फरक तरिकाले खेति गर्न सके परिवारको जोहो सँगै राम्रो कमाई पनि गर्न सकिने देखिएको छ ।

 

Ads

Ad

Copyright Reserved by NepBrand