May 24, 2025

तेह्रथुमकी कवि करिना थलङ याङनिमले ल्याइन् ‘मिसुम’ कविता सङ्ग्रह

१० जेठ २०८२, तेह्रथुम। कवि करिना थलङ याङनिमको कविता सङ्ग्रह ‘मिसुम’को शुक्रबार विमोचन गरिएको छ।

तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङमा आयोजित एक कार्यक्रमका बिच उक्त कविता सङ्ग्रह विमोचन गरिएको हो। कविता सङ्ग्रहको कार्यक्रमका प्रमुख अतिथि, आठराई गाउँपालिकाका उपाध्यक्ष वलिराज इङनाम र कवि थलङकी आमा कमला फोम्बो लिम्बूले विमोचन गरेका थिए।

विमोचित कविता सङ्ग्रह ‘मिसुम’ माथि दिलकुमारी बुढाथोकी र दयासागर ढुंगेलले समीक्षात्मक टिप्पणी राखेका थिए। समीक्षकद्वयले कवि थलङका कविताहरु सुन्दर र सरल रहेका टिप्पणी गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि इङनामले सुन्दर साहित्यिक कृतिका लागि कवि थलङलाई बधाई दिँदै आगामी साहित्यिक यात्राको लागि शुभकामना दिएका थिए।

कवि थलङले ‘मिसुम’ आफ्नो पहिलो प्रयास भएको बताउदै आगामी दिनमा सिर्जनात्मक यात्रालाई निरन्तरता दिने बताइन्। कवि थलङ तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङकी स्रष्टा हुन्। एक सय २० पेजको ‘मिसुम’भित्र ५० वटा कविता सङ्ग्रहीत छन्।

Ads

Ad

Copyright Reserved by NepBrand