March 5, 2026

तेह्रथुममा ५३.५९ प्रतिशत मत खस्यो

२१ फागुन, तेह्रथुमः जिल्लामा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको छ । प्रति
िनधिसभा सदस्यका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको तेह्रथुमका मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायाधिश दिलकुमार बर्देवाले बताउनुभयो ।
जिल्लाका ५६ वटै मतदान स्थल र ९३ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।
जिल्लामार ३५ हजार ५१० महिला र ३७ हजार ६२७ पुरुष गरी कुल ७३ हजार १३७ मतदाता रहेकामा १९ हजार २ सय ४५ महिला र १९ हजार ९ सय ४८ पुरुष गरी कुल ३९ हजार १ सय ९३ ले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी सुनिता रिमालले बताउनुभयो ।
समग्रमा जिल्लामा ५३.५९ प्रतिशत मत खसेको उहाँको भनाई छ ।
मतगणनाको लागि सदरमुकाम म्याङलुङस्थित शिंहबाहिनी माविमा आवश्यक सबै व्यवस्थापन गरिसकिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश दिलकुमार बर्देवाले बताउनुभयो ।
राती २ बजेसम्ममा सबै मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थल सम्म आइपुग्ने गरी तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृण्ण लिम्बूले बताउनुभयो ।
सबै मतपेटिका मतगणना स्थलमा आइसकेपछि सर्वदलिय बैठक बसेर मतगणना सुरु गरिने उहाँको भनाई छ ।
्तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि १२ राजनीतिक दलका १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

 

Ads

Ad

Copyright Reserved by NepBrand