December 22, 2024

मृत्यूको झड्का भोगिरहेका गाउँघरहरु

लेखक ः माबुहाङ (कान्छा) भीम माबुहाङ

७ पुस २०८१, तेह्रथुम ःअसीको दशक तिर सिंगापुरका नेता लि–क्वान–यू त्तकालिन मलेशियाका प्रधानमन्त्री टुँकु रहमान लाई “तंपाईको देश वाट युवा र वौद्विकहरु पलायन हुँदैछन, प्रतिभाशाली युवाहरु विदेसिन्दा देशलाई ठुलो नोक्सानी हुन्छ, यो देशको आर्थिक उन्नतिको लागी एकदम घातक कुरा हो” भनेर सम्झाउँछन। तर टुँकु भन्छन म त यसलाई समस्या पलायन भन्छु । किनकि युवाहरु विदेश हिंडेपछि राज्यले केहि रोजगारी दिनु परेन । टाउको दुखाई नै खतम भयो।

सायद प्रधानमन्त्री टुँकुको यस्तै सोचको कारणले गर्दा होला मलेशिया विकासन्मुख राष्ट्रहरुको तह वाट कहिले माथी उठन सकेन । तर सिंगापुर कुनै प्राकृतिक स्रोत साधन विना, शत्रुतापूर्ण छिमेकी र प्रतिकूल परिस्थितीहरुको वावजुद्व पनि विकाशको ठुलो छल्लाङ मार्न सफल भयो। एउटा महान दुरदर्शी नेता र अन्धा नेताले गर्दा देशको भविश्य कुन दिशा तिर मोडिन्छ भन्ने दृष्टान्त यी दक्षिण पुर्वी एशियाका दुई छिमेकी देशहरु वाट प्रष्टरुप दृष्टिगत गर्न सकिन्छ ।


कता कता नेपालका नेताहरु पनि टुँकुको सोच र मानसिकता वाट ग्रसित भएका हुन कि भनेर आशंका गर्ने प्रसस्त ठाउँहरु भेटिन्छन। किनकी आज नेपालमा पनि त्यो समयको मलेशियामा जस्तै युवा पलायन, वौद्विक पलायन निकै द्रुत गतिमा हुँदैछ। देश नै तन्नेरी विदेश पठाउने विशाल कारखानामा परिणत भएको अवस्था सृजना हुँदा पनि यसलाई राज्यले गम्भिर चासोको विषय वनाएको देखिन्दैन ।

वरु पासपोर्ट, एन. ओ. सि. लेटर छ्टिो छरितो पाउने नियम वनाएर तन्नेरिहरु लाई डाँडा कटाउन पाए राज्य लाई हाई सन्चो किनकि रोजगार त दिनु परेन। अनि गाउँ घरमा वुढावुढी धर्ती छोड्दै छन वृद भता दिनै परेन राज्य लाई झनै आराम। रहेको पैसा पनि झ्वाम !
गाउँ शहरहरुमा युवाहरू नियमित नबसे पछि सम्भावित प्रश्नकर्ताहरूको संख्या घटेको छ, बुढा नेताहरुको आधिपत्यलाई झन्–झन् बलियो बन्दै गएको छ। पार्टी बाहिर थोरै युवा संख्या हुनेहुँदा पार्टीका निर्णयहरूलाई चुनौती दिन सक्ने वर्ग वा समूह नभएपछि सिंहदरवार÷ वालुवाटारमा संधै रज–गज गर्न पनि पाईन्ने भन्ने मनोवृती हाम्रा राजनीतिज्ञहरुमा विकाश भएको हो कि जस्तो देखिन्छ।
नत्र सवैलाई थाहा भएको कुरा हो , समृदीको मेरुदण्ड र देशको सवैभन्दा ठुलो पुजी यूवा हुन। राष्ट्र विकाशको रथ तान्ने आधारभूत शक्ति भनेकै युवा वर्ग हुन।देशलाई निश्चित दिशा दिने । देशको अर्थतन्त्र कायाप्लट गर्ने, परिवर्तनको नयाँ विहानी ल्याउने युवा हुन । सारंसमा भन्दा यूवा सवै सम्भावनाको कोषेढुङगा हुन। तर यस्तो महत्वपुर्ण मानविय देशका पूँजी युवाहरु स्वदेशमा केहि देख्दैनन तर विदेशमा डलरको वोट भेटिनन्छ भन्ने सोच लिएर दिन दुना रात चौगुना झै वाहिरिरहेका छन ।
नेपोलियनले भन्ने गर्थे (त्जभचभ बचभ लय दबम कयमिष्भचक, यलथि दबम नभलभचबकि ) सिपाहीहरु होईन हाई कमाण्डका जनरल हरुको गल्तीले गर्दा युद्वमा पराजय भोग्नु पर्छ। त्यस्तै देशमा सर्वसाधारण जनता भन्दा पनि नेताको गल्तिले देश ध्वस्त हुन्छ। हाम्रो देशमा हिजो आजका नेताहरुको कारणले युवालाई स्वदेशमा गरिखाने वातावरण हराएको छ। खेतबारी बाँझै राखेर श्रम, पसिना र रगत पोखेर अर्काकै खोरिया खन्न बाध्य छन। देश रुखो पारेर परदेश मलिलो बनाउन सकृय छन। बलिया र भरपर्दा पाखुरी विदेश निर्यात हुँदैछन अनि आफनो देश भने जीर्ण हुँदैछ।

साठीको दशकमा सिंगापुरको एक मन्त्री आफनो कार्यलय वाट फर्किन्दै गर्दा बाटोमा एकहुल स्कुलका विधार्थिलाई देख्छन। ती विधार्थीहरु ले ग्र्याजुएट गरेपछि कसरी रोजगार दिने भनेर रात भरी निद्रा नपरेको कुरा स्मरण गर्छन। सायद देश र जनता प्रति संवेदनशिल, जिम्मेवार, उतरदाई र आदर्श नेताहरु यस्तै हुन्छन होला । यस्ता नेताले देश सम्हाले पछि विदेशिने युवाहरुको बाढी रोकीन्न छ होला। प्राथाना गरौं, कुनै दिन नेपाल आमाले यस्तै सपुत जन्माउने छन। धुरीमा बसेर धुलोका जनता देख्ने नेता उदाउँछन होला।

हुनत हाम्रो देशमा केहि नभएको भने पक्कै होईन। गाउँ गाउँमा सडक, बिजुली र पानीको सुविधा बढ्दो छ । मोटरवाईक गाडीहरु धुलो उडाउँदै गाउँ उकालो ओरालो गर्छन। अझ लालीगुराँस नगरपालीकाको हकमा त नगर वस पनि चल्छ । विधार्थीहरु नगरवस चढेर स्कुल जान्छन। वडाहरुमा स्वाथ्य चौकीहरु पुगेका छन। एम्वुलेन्सहरु घर दैलोमा पुग्छन । प्राथामिक विधालयहरु देखि लिएर क्यापस कलेजहरुमा पनि नजिक दुरीमा छन। वाईफाई ईन्टरनेट सवैकुराको पहुँच छ। प्रत्येक चोक मोडमा दोकान कन्भिनियन्ट पसलहरु छन ।खाजामा चाउचाउ र पिउन कोकाकोला पाइन्छ । घरघरमा टिनको छानो चम्कन्छ।यतीको विकाश अमेरिकामा १९३७ सालमा राष्रÞ्ट्रपतिले अत्यादेशमा हस्ताछर गरेर मात्र भएको थियो ।

तर पनि युवाहरु अडकिन्दैनन । कस्तो कस्तो नुन विनाको तरकारी जस्तै हुँदै छन हाम्रो गाउँ घरमा विकाश ? ग्रामीण घरहरु रित्ता छन् । फराकिलो आँगनमा बाक्लो झारको साम्राज्य छ । पिँढी र कौसी भत्किन थालेका छन् । गाउँका घरधुरीहरु घरमुली फर्केर आउँछन् की भनेर कुरिरहेकाजस्ता देखिन्छन् । आखिरी यस्ता विकासले किन गाउँमा युवा पुस्ता अड्याउन सकेन ? हिजो सानै कुरामा खुसी हुने समाज आज यत्रो भौतिक उन्नतिमा पनि किन वेखुसी छन ? आजको युवाहरुलाई रोक्न नसक्ने कस्तो विकाश हुँदैछ गाउककतिर । उमेर पुग्ने वितीकै विदेश तिर हुँईकिने कस्तो सोच र मानसिकताको विकाश हुँदैछ युवाहरु माझ ? प्रश्नै प्रश्नको कठघरामा छ देश ।

विधार्थी÷युवाहरु लाई धर्म संस्कृति, आफनो भाषा देश प्रती प्रेम जगाउन
हाम्रो शिक्षाले किन सकिरहेको छैन ? युवाहरु लाई देशभक्ति पाठ सिकाउन किन असफल छन हाम्रो शिक्षक, अभिभावक र राज्य ? अरु देशका स्कलर विधार्थिहरु उच्च शिक्षा पढन गएर विरल्लै विदेश तिर भासिन्ने गर्दछन । विश्वका विभिन्न विश्वविधालयहरु पढेर फेरि स्वदेश फर्कि आफनो देशका ठुला ठुला संस्थामा काम गरेर देश लाई टेवा पुर्याउंदछन। ताईवान बाट अमेरिका गएर पढेका युवा विधार्थीहरु स्वदेश फर्केर अमेरिकी ज्ञान र प्रविधी भित्राएर आपनै देशमा नयाँ प्रविधीको केन्द्र सिलिकन भ्यालि जस्ता संस्था स्थापना गरे ।यस्को ठिक उल्टो हाम्रो स्कलर विधार्थिहरु विदेश गएपछि विरल्लै स्वदेश फर्कन्छन। किन यस्तो हुन्छ ? यसमा शिक्षक, विद्यार्थी, अभिभावक, नीति निर्माता, नेताहरू , बौद्धिक प्राज्ञिक कसको दोष हो ? गम्भिर समिक्षाको विषय छ। फेरि सिंगापुरकै प्रशंग जोडछु सन १९७० तिर सिंगापुरका विधार्थी ग्र्याजुयसन पश्चात विकसित मुलुकहरुमा गएर हाम्रो देशमा लगानी गर्नुहोस भनेर ठुला ठुला बहुउदेश्य कम्पनिका मालिक व्यापारी हरुलाई आफनो देशमा लगानी गर्न अनुरोध गर्थे।

कति लगानि कर्ताहरुले सिंगापुर पनि देश हो ? यो कता पर्छ? भनेर प्रश्न गर्दा ग्लोव घुमाएर आफनो सानो थोप्ला जत्रो देशको परिचय दिन्थे । यस्ता सोच भएका विधार्थि वौद्विकहरु हाम्रो शैक्षिक संस्थाः स्कुल युनिभर्सिटीहरुले किन उत्पादन गर्न सक्दैनन ? हुन त विश्वव्यापीकरणको आयाम र मानिस स्वभावैले जता घाँस हरियो छ उतै दगुर्छन। आफू भएको भन्दा उन्नत ठाउँ र जीवनको खोजीमा लाग्छ । यो मान्छेको प्राकृतिक स्वाभावनै हो। हाम्रो देश वाट मलेशियामा काम गर्न जाने लाखौंको संख्यामा छन। फेरी त्यहि देशका मलेशियनहरु लाखौं संख्यामा सिंगापुरमा काम गर्छन ।

एक तथ्यांकले देखाए अनुसार जम्मा अठार लाख मलेशियन सिंगापुरमा काम गर्छन। मलेशिया र सिंगापुरको नाका उडलेण्ड चेकपोईन्टबाट दिनको सरदर चार लाख मलेशियनहरु सिंगापुरमा काम गर्न आवत जावत गर्छन।देश गरिव र अर्थतन्त्र कमजोर भएको वेला रोजगारको लागी वाहिरी देश जाने विश्वको पुरानो प्रचलन हो । यो प्रवृती वाट नेपाली मात्र होईन कुनै देशका नागरिकहरु पनि अछुतो छैनन। अक्सर विदेशिएका नागरिकहरु स्वदेश फर्कने तिन वटा मुख्य कारणहरु हुन्छन भनेर समाज शास्त्री अर्थसास्त्रिहरु तर्क गर्छन ।

पहिलो स्वदेशको अर्थतन्त्र सुधार भएमा जस्तो हिजो जापानको अर्थतन्त्र नाजुक र वेरोजगारी वढि भएको वेला जापानीहरू माईन र उखु खेति गर्न पेरुदेखि ब्राजिलसम्म पुगेका थिए । त्यती खेर यी मुलुक स्पेनको उपनिवेश थियो। र आफनो देशको अर्थतन्त्रले गति लिएपछि प्राय सवै फर्के र कोहि अझै फर्कन्दै छन। नेपालीहरु श्रमका लागि दक्षिण कोरिया जाँदै गर्दा जापानमा वैदेशिक रोजगारीमा काम गर्ने सबैभन्दा बढी दक्षिण कोरियाका नागरिक थिए। अहिले दक्षिण कोरियाको ईकोनोमी राम्रो भएपछि कोरियनहरु आफनै देशमा वढि काम गर्छन। दोस्रो विश्व यूद्व पछि अमेरिका धनि र शक्तिशालि भए पछि धेरै भन्दा धेरै नर्वेजिनहरु अमेरिका भासियका थिए र अहिले आएर नर्वेजिनहरु आफनै देश फर्कने प्रवृती बडदो छ।

खरायोको गतीमा बढि रहेको चाईनाको अर्थतन्त्रले गर्दा पहिला रोजगारीको लागी विदेश तिर दौडेका चाईनिजहरु सवै स्देश फर्कन्दै छन। भारतको केहि दक्षिणका प्रान्तहरु वेंगलोर चेनाई तिर पनि यस्तै प्रवृती बढदो छ। त्यहाँका आईटी प्रोफेस्नल , सफ्टवेर ईन्जिनियर हरुलाई युरोप अमेरिका भन्दा वढी तलव दिए पछी उनिहरु फर्किनेनै भए। केहि मानवसास्त्रि हरु लेख्छन मानिसका पहिलो पुस्ता नयाँ ठाउँमा जान्छन, संघर्ष गर्छन नयाँ ठाउँमा अलिअलि स्थापित हुन्छन र दोस्रो पुस्ताले पूरै स्थापित गर्ने काम गर्छ । तेस्रो पुस्ताले पहिचानको संकट भएको महसुस गर्न थाल्छ । ‘हाम्रो बाजे पुस्तादेखि यहाँ बसेको, हामीलाई त कसैले वास्तै गर्दैन’ भन्ने प्रतिक्रिया दिन थाल्छन् । आर्थिक रूपमा सम्पन्न भएपनि, पहिचानको संकट महसुस गर्न थाल्दछन ।

त्यसले उनीहरूलाई जरा (रुट) मै फर्कन प्रेरित गरेको हुन्छ । राज्यले परिपक्क अप्रवासन नीति अपनाएको खण्डमा पनि विदेशिएका नागरिक स्वदेश फर्काउने सम्भावना रहन्छ। जस्तै भियतनाम, वंगलादेश ‘देश फिर्ता र पुन–एकीकरण’ नीति जस अन्तर्गत विभिन्न राज्यका सहायताहरु हुन्छन । राज्यले स्वदेश फर्की काम गर्न चाहाने आप्रवासीहरुलाई एरपोर्ट वाट घर सम्म पुग्ने खर्च दिने । रोजगारी सुनिश्चित गर्ने आदि ईत्यादी प्याकेजहरु वनाएका छन।

 

Ads

Ad

Copyright Reserved by NepBrand