May 31, 2026

तेह्रथुममा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा बजार अनुगमन र सचेतना

१७ जेष्ठ, तेह्रथुम ः विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२६ को अवसरमा जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थ बेचबिखनका मापदण्ड र स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराइएको छ।

प्रमुख जिल्ला अधिकारी बन्दना राईका अनुसार उद्योग वाणिज्य संघ, स्वास्थ्य कार्यालय, तिनवटै सुरक्षा निकाय र पत्रकार महासंघको सहभागितामा बजार अनुगमन गरिएको हो। अनुगमनका क्रममा म्याङलुङ नगरपालिकाका हेल्थ असिस्टेन्ट इन्द्र प्रसाद पोखरेलले सुर्तीजन्य पदार्थमा सात हजारभन्दा बढी रसायन, २५० बढी हानिकारक र ७० भन्दा बढी क्यान्सर लगाउने तत्व हुने जानकारी दिनुभयो।

व्यवसायीहरूलाई अनिवार्य चेतावनीमूलक बोर्ड राख्न, १८ वर्ष मुनिका र गर्भवतीलाई बिक्री नगर्न तथा शिक्षण एवं स्वास्थ्य संस्थाबाट १०० मिटरभित्र बिक्री नगर्न निर्देशन दिइएको छ। साथै, सार्वजनिक स्थलमा धूम्रपान निषेध र अन्तशुल्क भुक्तानीको अवस्थाबारे समेत सूक्ष्म निगरानी गरिएको छ।

 

 

Ads

Ad

Ad

Copyright Reserved by NepBrand