October 23, 2024

तेह्रथुमका ६ वटै पालिकाका ४३ वटै वडामा पोखरी निर्माण गरिने निर्णय

७ कार्तिक २०८१,तेह्रथुम । तेह्रथुमको ६ वटा पालिकाको ४३ वटै वडामा पोखरी निर्माण गरिने निर्णय भएको छ । तेह्रथुम सुख्खाग्रस्त क्षेत्र भएकाले आगोलागिका घटनामा आगो नियन्त्रण गर्न पानीको अभाव हुने समस्या हुने भएको भन्दै पोखरी निर्माण गर्ने निर्णय भएको हो ।
बुधबार जिल्ला विपद् व्यवस्थापन समितिको नियमित बैठक अन्तर्गत समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । तेह्रथुम सुख्खाग्रस्त क्षेत्र यहा सुख्खायाममा आगालागिका घटना धेरै हुने गर्छन ।
जिल्लाकै प्रमुख प्रकोपको रुपमा रहेको आगोलागि नियन्त्रणमा समस्या हुने गरेकाले प्रत्येक वडामा एक एक वटा पोखरी निर्माण गर्ने बैठकले निर्णय गरेको छ ।
प्रत्येक वडा, पालिका, सामुदायिक वन, डिभिजन वन कार्यालयले तिहार लगत्तै कम्तीमा १ वटा पोखरी निर्माण गरी त्यसको प्रगति जिल्ला प्रशासन कार्यालयमा बुझाउँने समितिको बैठकले निर्णय गरेको हो ।

बैठकका निर्णयहरु कार्यान्वयन पक्षमा जोड दिनुपर्ने जिल्ला समन्वय उपप्रमुख श्री कार्कीले बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समिति उपप्रमुख श्री कार्की, म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फे,लालिगुँरास नगरउपप्रमुख जमुना कार्की सुवेदी, फेदाप गाउँपालिका प्रतिनिधि, जिल्ला स्थित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,उद्योग वाणिज्य संघका अध्यक्ष राजिव ढुँगाना लगायतको उपस्थिति थियो ।

 

Ads

Ad

Copyright Reserved by NepBrand