June 8, 2026

म्याङलुङका अतिविपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण

२५ जेठ तेह्रथुमः तेह्रथुमको म्याङलुङ नगरपालिकाले वडा नं १ का अतिविपन्न ८६ घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरेको छ । कार्यपालिका सदस्य कोषको २० प्रतिशत लागत साझेदारीमा प्रतिघरधुरी एक–एक चुल्हो वितरण गरिएको नगरपालिकाका अधिकृत छैटौँ हरीराज खत्रीले जानकारी दिनुभयो । सोमबार एक कार्यक्रमको आयोजना गरि ग्यास चुलो वितरण गरिएको उहाँले बताउनुभयो ।
ग्यासको अभाव झेलिरहेका गरिब, दलित तथा पिछडिएका समुदायलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको कार्यपालिका सदस्य बिना नेपालीले बताउनुभयो । विद्युतीय चुल्होको प्रयोगले आर्थिक भार कम हुने र वातावरण संरक्षणमा समेत टेवा पुग्ने विश्वास रहेको उहाँको भनाई छ ।

Ads

Ad

Ad

Copyright Reserved by NepBrand