June 26, 2025

पुरू भण्डारी र बिनिता दाहालको अभिनयमा‘छुट्टै संसार’ सार्वजनिक बदल थापाको स्वरमा ‘छुट्टै संसार’ सार्वजनिक काठमाण्डौं । 

नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘छुट्टै संसार’ सार्वजनिक भएको छ। बदल थापाको स्वरमा सजिएको यस गीतले प्रेम र सम्बन्धको भावनात्मक पक्षलाई कलात्मक ढङ्गमा प्रस्तुत गरेको छ।गीतमा टेकराज अछामी र नरेन्द्र तिखत्रीको संयुक्त शब्द रचना रहेको छ भने संगीत पनि तिखत्री कै रहेको छ । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन्। रञ्जन राईको मिक्सिङ र मास्टरिङ रहेको उक्त गीत अलङ्कार स्टुडियोमा रेकर्ड गरिएको हो।


गीतको अडियो तथा भिडियो सार्वजनिक अधिकार ‘मुकेश सुवेदी अफिसियल’ युट्युब च्यानलमा रहेको छ।गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ। भिडियोमा पुरू भण्डारी, बिनिता दहाल र दिनेश काठायत काजी ले अभिनय गरेका छन्। भिडियोलाई टेकराज अछामीले निर्देशन गरेका हुन भने उमेश बहादुर शाहले छायांकन गरेका छन । पदम सुवेदीको सम्पादन र रङ संयोजनले भिडियोलाई थप आकर्षक बनाएको छ ।

भिडियोको पोस्टर डिजाइन सुबास शाह र लक्ष्मण चौहानले गरेका छन् भने भिडियोको निर्माण मुकेश सुवेदीले गरेका हुन्।

गीतले युवा पुस्ताको प्रेम, टुटन र छुट्टिएको सम्बन्धलाई समेट्ने प्रयास गरेको छ। भिडियोको सम्पूर्ण पक्षले गीतको भावलाई सजीव बनाएको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

‘छुट्टै संसार’ नेपाली गीतसंगीतप्रेमीहरूका लागि नयाँ स्वाद हो, जसले भावनात्मक कथावस्तु र प्राविधिक पक्ष दुवैमा सशक्त उपस्थिति देखाएको छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/shpC4l4cet8?si=MFU5T5b03n4b_GFJ” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe

Ads

Ad

Copyright Reserved by NepBrand