February 4, 2025

संघर्ष समितिले भन्योः आन्दोलनलाई बदनाम बनाउन रुख ढालेर बाटो छेकियो

२२ माघ २०८१, पाँचथर। मेची राजमार्ग अन्तर्गत पाँचथरको जोरपोखरी छेउमा गएराती रुख ढालेर सडक अवरोध गर्ने काम आन्दोलनकर्मीबाट भनएको मुक्कुम्लुङ संघर्ष सहयोग समिति पाँचथरले जनाएको छ।

रुख ढालेर सडक अवरोध गरिएका कारण सुत्केरी व्यथा लागि प्रशुती गराउन सदरमुकाम फिदिम ल्याइदै गरेकी हिलिहाङ गाउँपालिका–१ की कल्पना जोगी (तामाङ)लाई बोकेको एम्बुलेन्स बीच बाटोमै रोकिनु परेको भिडियो सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएको थियो।

मुक्कुम्लुङ (पाथीभरा)मा वेवलकार निर्माणको बिरोध गरिरहेको ‘नो केवलकारह’ समूहले सडकमा रुख ढालेर सुत्केरी बोकेको एम्लुलेन्सलाई रोकेको भन्ने कुरामा सत्यता नभएको समितिले बुधबार प्रेस विज्ञप्ती जारी गरेर जनाएको छ। मुक्कुम्लुङ संघर्ष सहयोग समिति पाँचथरका संयोजक कमल हाङसरुम्बाद्वारा हस्ताक्षरित विज्ञप्तीमा आफूहरु शान्तिपूर्ण आन्दोलनमा रहेको अवस्थामा त्यस्तो भ्रमपूर्ण कुरा बाहिर आएकोप्रति आफूहरुको गम्भीर ध्यानाकार्षण भएको जनाइएको छ।

‘निहत्था जनतामाथि निर्मम दमनमा उत्रेको सरकारले आफैं सुनियोजित ढंगले यस्ता हर्कतहरु गरेर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बद्नाम गर्न खोजिएको भन्ने हाम्रो ठम्याई रहेको छ’ विज्ञप्तीमा भनिएको छ।

शान्तिपूर्ण आन्दोलनमा यस्ता किसिमका कार्यक्रम नरहेको जनाउदै संघर्ष सहयोग समितिले यी सबै परिस्थितिको जिम्मा सरकारले लिनुपर्ने जनाएको छ। समितिले अर्को सूचना जारी नभएसम्म आम हड्ताल फिर्ता लिएको तर, घोषित यातायात बन्दको कार्यक्रम भने यथावत रहेको जनाएको छ।

मुक्कुम्लुङ संघर्ष सहयोग समिति पाँचथरद्वारा जारी विज्ञप्तीः

Ads

Ad

Copyright Reserved by NepBrand