February 1, 2025

ताप्लेजुङबासी स्वतन्त्र नागरिकले मुक्कुम्लुङ (पाथीभरा) केवलकारको विषयमा काठमाडौँमा पत्रकार सम्मेलन गर्दै

१९ माघ २०८१, तेह्रथुम। ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माण हुने केबलकार विवादको सन्दर्भमा ताप्लेजुङबासी स्वतन्त्र नागरिकले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन्।

मुक्कुमलुङ (पाथीभरा) सम्पदा संरक्षण संघर्ष समितिको आयोजनामा आज –शनिबार) काठमाण्डौस्थित रिपोर्टस क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलनको आयोजना गरिने भएको हो। दिउँसो दुई बजे हुने पत्रकार सम्मेलनको संयोजक उपरथी अनन्त बहादुर थेबे रहेका छन् भने सहसंयोजक मान थलङ रहेका छन्।

वक्ताहरुमा प्रा.डा.सुरेन्द्र केसी, वरिष्ठ पत्रकार भवानी बराल, समाजसेवी डम्बर बहादुर सम्बाहाङ्फे, अधिवक्ता थाइन्द्र आङ्बुहाङ, अधिवक्ता हरिचन्द्र भट्टराई, निर्देशक नवीन सुब्बा, रैथाने संगीतकी अभियन्ता झुमा लिम्बू, पूर्व मिस नेपाल माल्भिका सुब्बा, गायक दिपक लिम्बू, समाजसेवी डाण्डु लामा, समाजसेवी सलमान थलङ र आमन्त्रित वक्ता सहायक रथी वातावरण संरक्षणविद् बाबु कृष्ण कार्की रहेका पत्रकार सम्मेलनको संयोजक उपरथी अनन्त बहादुर थेवेले जानकारी दिए।

उनका अनुसार ताप्लेङजुमा केवलकार बनाउने र नबनाउने विषयमा प्रारम्भदेखि बिबा र बिरोध भइरहेको छ। त्यहीँ सिलसिलामा सर्वसाधरण प्रहरीको गोली लागि घाइते भएर अस्पतालमा भर्ना हुनु परेको स्थिति रहेको छ। यस्तो अवस्थामा धार्मिक, साँस्कृतिक र मुन्धुमिक स्थलमा व्यवसायक प्रायोजनले केवलकार बनाउनु उचित नहुने थेबेले बताए।

मुक्कुम्लुङ (पाथीभरा)मा केवलकार निर्माणको विषयमा बिबाद हुँदा गत शनिबार फुङलिङ नगरपालिका–११ बलुडाँडामा केवलकार निर्माणको विरोध गर्दै मुक्कुम्लुङ बचाउ संघर्ष समितिले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागि चार जना घाइते भएका थिए।

प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन्। यमाबहादुर लिम्बू र सगुन लावतीलाई प्रहरीले चलाएको गाली लागेको थियो। प्रहरीले गोली चलाएपछि आन्दोलनले थप नयाँ रुप लिएको छ। आन्दोलनरत पक्षले माघ २० र २१ गते नौ जिल्ला लिम्बुवान बन्दको घोषणा समेत गरेको छन्। ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लगायतको जिल्ला बन्दको घोषणा गरेको हो।

२० र २१ गतेसम्म आन्दोनरत पक्षको मागको सम्बोधन नगरे २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने जनाइएको छ।

Ads

Ad

Copyright Reserved by NepBrand