December 22, 2024

फाल्गुनन्द गोल्डकपः ‘ए’ डिविजन क्लव मच्छिन्द्रसँग झापाको ५–० को फराकिलो हार

७ पुस २०८१, पाँचथर। अघिल्लो संस्करणको च्याम्पियन झापा–११ फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा मच्छिन्द्र क्लव काठमाडौंसँग ५–० को फराकिलो गोलअन्तरले पराजीत भएको छ।

फिदिम माविको खेलमैदानमा आज (आइतबार) भएको खेलमा मच्छिन्द्रले झापालाई सुरुवातदेखि नै दबाबमा राखेको थियो। मच्छिन्द्रको जीतमा देबेन्द्र तामाङ, उत्सव राई र सौरभ सुब्बाले समान एक–एक गोल गरे भने विजय भुजेलले दुई गोल गरे।

दुई गोल गरेका विजय खेलको म्यान अफ् द म्याच बने। उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरे। खेलमा मच्छिन्द्रले केही राम्रा अवसर खेर फालेको थियो। सुरुदेखि नै दबाब झेलेको झापा–११ ले भने गतिलो आक्रमण बुन्न सकेन।

प्रतियोगिता अन्तर्गत भोलि (सोमबार) हुने पहिलो क्वाटरफाइन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लव र विभागिय टोली त्रिभुवन आर्मी क्लवबीच प्रतिश्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका महासचिव पासाङ तामाङले बताए।

प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ र उपविजेता हुने टोलीले नगद पाँच लाख ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए ।

Ads

Ad

Copyright Reserved by NepBrand