October 19, 2024

जेवाईसि जिरि र एमवाइसि माझगाउँ सम्फरजुङ फाइनलमा

३ कार्तिक २०८१, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका ८ आम्बुङ स्थित नेत्रगुँरागाई पार्कको खेलमैदानमा सञ्चालित खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधिको लागि जेवाईसि जिरि र एमवाइसि माझगाउँ सम्फरजुङ प्रतिष्पर्धा गर्ने भएका छन् ।
दशैको अवसरमा आम्बुङ साम्दाङ्वा समाजद्वारा आयोजित खुला षुरुष फुटबल प्रतियोगिताको भोली हुने फाइनल खेलका लागि १६ टिमलाई पछि पार्दे दुई टिम फाइनलका लागि छनोट भएका हुन् ।
आज भएको सेमिफाइनल खेलको पहिलो खेलमा जेवाइसी जिरिले लुङनामफुङ पाटिगाउँलाई शुन्यका विरुद्ध २ गोल गर्दे फाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा एमवाइसि माझगाउँ सम्फरजुङले आम्बुङ सन्सारीलाई शुन्यका विरुद्ध १ गोल गर्दे फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल भोली दिनको २ बजे सुरु हुने आम्बुङ साम्दाङ्वा समाजका सदस्य लक्ष्मण कटुवालले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार रनिङ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्र्र्नेछ । त्यसैगरी दोश्रो हुने टिमले नगद रु ३० हजार नगद मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक आम्बुङ साम्दाङ्वा समाजका अध्यक्ष प्रेम लिम्बू मुखियाले बताउनुभयो । स्थानीयहरुले आफन्तको सम्झनामा रकम संकलन गरी फुटबल खेल सञ्चालन गरिएको अध्यक्ष लिम्बूको भनाई छ ।

Ads

Ad

Copyright Reserved by NepBrand