१९ पुष २०८२, तेह्रथुम। जिल्ला खेलकुद विकास समिति तेह्रथुमको नवनिर्मित कार्यालय भवनको शनिबार उद्घाटन गरिएको छ । म्याङलुङ नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार तुम्बाहाङफेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भवनको उद्घाटन गरिएको हो ।

सामाजिक विकास मन्त्रालयको रु ९ लाख ५१ हजार बजेटमा भगिमान सिंह निर्माण सेवा प्रा.लि.ले दुई कोठे एक तले पक्की भवन निर्माण गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले जानकारी दिनुभयो ।

यसअघि डेरामा कार्यालय सञ्चालन गर्दै आएको समितिले आफ्नै आठ रोपनी जग्गामा नवनिर्मित भवन निर्माण गरेको उहाँले बताउनुभयो ।