August 10, 2025

चलचित्र ‘अञ्जिला’ तेह्रथुमको म्याङलुङमा प्रदर्शन हुने

२५ साउन २०८२, तेह्रथुम। नेपाली महिला राष्ट्रिय फुटवल टोलीका गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनी प्रभावित चलचित्र ‘अञ्जिला’ तेह्रथुममा प्रदर्शन हुने भएको छ।

सदरमुकाम म्याङलुङस्थित टुँडिखेलको सभाहलमा लाखेजात्राको अवसर पारेर यहीँ साउन २७ र २८ गते त्यस्तै भदौ २ गतेदेखि ७ गतेसम्म चलचित्र ‘अञ्जिला’ प्रदर्शन हुने भएको हो। उक्त चलचित्र दिउँसो १२ बजे, अपरान्ह तीन बजे र साँझ छ बजे प्रदर्शन हुने जनाइएको छ।

चलचित्र ‘अञ्जिला’ प्रदर्शनको संयोजन म्याङलुङ नगरपालिकाले गरेको हो। हालः ग्रिसमा व्यवसायिक फुटवल खेलिरहेकी एञ्जिला नेपाली राष्ट्रिय महिला टोलीलाई सर्वाधिक लामो समय कप्तानी गरेकी खेलाडी हुन्। उनकै जीवनको दुःख, पीडा, संघर्ष र सफलता सम्मका कथा समेटिएको चलचित्र ‘अञ्जिला’को मुनाफाबाट उनको घर बनाउने निर्माता प्रेम कुमार श्रेष्ठले घोषणा गरेका छन्।

एञ्जिला स्वयम्ले पनि आफ्नो लागि बन्ने घरलाई नेपाली महिला फुटवलको विकासका लागि प्रयोग गर्ने बताएकी छिन्। तेह्रथुममा गरिने फिल्म प्रदर्शनबाट प्राप्त रकम एञ्जिलाको घर बनाउन सहयोग गरिने बताइएको छ।

मिलन चाम्स निर्देशित चलचित्रमा एञ्जिलासँगै दयाहाङ राई, सुनिल थापा, बुद्धि तामाङ, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल लगायत कलाकारको अभिनय रहेको छ।

Ads

Ad

Copyright Reserved by NepBrand