September 16, 2024

तेह्रथुमको म्याङलुङ स्थित किरियापुत्री भवन र भिमसेन स्तम्भको उद्घाटन गरिदै

३१ भदौ २०८१, म्याङलुङ तेह्रथुम । म्याङलुङ स्थित क्रियापुत्री भवन र भिमसेन स्तम्भको मंगलबार औपचारिक रुपमा उद्घाटन गरिने भएको छ ।

झिगु परोपकार समाजको नेतृत्वमा विभिन्न दाताहरुबाट संकलित रकमबाट निर्मित भवन र स्तम्भको मंगलबार उद्घाटन गरिने भएको झिगु परोपकार समाज तेह्रथुमका अध्यक्ष शुभभगत प्रधानाङ्गले बताउनुभयो ।

स्थानीय राजेशराज जोशी र श्वेता जोसीले बुबाआमा भक्तराज जोशी र हरिलक्ष्मी जोशीको नाममा जग्गा निशुल्क उपलब्ध गरेको स्थानमा भवन र स्तम्भ निर्माण गरिएको अध्यक्ष प्रधानाङ्गले बताउनुभयो ।

बजार वासीहरुलाई क्रियापुत्री भवनको अभाव भएकाले म्याङलुङ नगरपालिका, प्रदेश सरकार, विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट संकलित रु ८५ लाख रकमबाट भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष भुवन नारायण श्रेष्ठले बताउनुभयो ।

क्रियापुत्री भवनको प्राङ्गणमा रु १६ लाखमा भिमसेनको स्तम्भ निर्माण गरिएको समितिका कोषाध्यक्ष मनका श्रेष्ठले जानकारी दिनुभयो ।
म्याङलुङमा जन्मनुभएका हाल काठमाण्डौ निवासी मथुरा श्रेष्ठले रु ७ लाखमा स्वर्गिय पति चिवन लाल श्रेष्ठको स्मिृतिमा भिमसेनको मुर्ति खरिद गरी प्रदान गर्नुभएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

म्याङलुङ खानेपानी कार्यालयको छेउमा रहेको खाली रहेको डाडाँबाट विहान घाम झुल्कीएको मनमोहक दृष्य देखिन्छ । म्याङलुङ बजार लगायत वारीपारीका डाडाँहरु समेत देखिने उक्त क्षेत्रमा भिमशेन स्तम्भ निर्माण पश्चात भने पर्यटकहरुको आवागमनमा वृद्धि भएको स्थानीय होटल व्यवसायी सन्तोष प्रधानले बताउनुभयो ।

‘ होटलमा आउने पाहुनाहरु विहानै झुल्कीएको घाम र म्याङलुङ बजार डाँडाबाट तल, वारिपारी देखिने सुन्दर दृष्य हेर्न भिमसेन स्तम्भ तिर जानुहुन्छ । हामिलाई पनि सजिलो भएको पाहुनाहरुलाई यसो बजारमा घुम्ने ठाउँ के छ भन्दा त्यहा देखाउन ।’ डाडाँबाट सुन्दर देखिने दृष्यले पर्यटकिय क्षेत्र भएको छ नै भिमशेन भगवानको स्तम्भले धार्मिक आस्थाको केन्द्रका रुपमा पनि स्थापित गरेको प्रधानको भनाई छ ।

बजार नजिकै पर्यटकहरुले अवलोकन गर्ने पर्ने त्यस्तो खासै केहि नभएको अवस्थामा यसरी दाताहरुबाट संकलित रकमले पर्यटकिय क्षेत्र निर्माण    गरिदा  भने खुसी लागेको    निर्माण समितिका सचिव शंकर जोशिले   बताउनुभयो ।

केहि समय अघि फोहोर फाल्ने डाडाँको रुपमा रहेको उक्त खाली क्षेत्र विभिन्न दाताहरुको सहयोगमा पर्यटकिय स्थलको रुपमा परिवर्तन हुन सफल भएको निर्माणको नेतृत्व गर्नुभएका झिगु परोपकार समाज तेह्रथुमका अध्यक्ष शुभभगत प्रधानाङ्गले बताउनुभयो ।

Ads

Ad

Copyright Reserved by NepBrand