२१ मंसिर २०८१, तेह्रथुम ः नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) तेह्रथुमको इन्चार्जको जिम्मेवारी बिनोद दुलालले प्राप्त गर्नुभएको छ ।
अनेरास्ववियु केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सदस्य दुलाललाई तेह्रथुम जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।
दुलाल अनेरास्ववियु तेह्रथुमका पुर्व अध्यक्ष पनि हुनुहुन्छ ।
इन्चार्जको जिम्मेवारी पाएपछि दुलालले तेह्रथुममा अनेरास्ववियुलाई सक्रिय र प्रभावकारी बनाउन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तेह्रथुममा संगठनलाई एकताबद्ध, जुझारु र सुदृढ बनाउन आफुले संगठनका सबै संयन्त्रसंग साथै पार्टीसंग छलफल र परामर्श गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।