११ जेठ तेह्रथुमः म्याङलुङ नगरपालिकाले म्याङलुङ क्याम्पस, तेह्रथुममा स्नातक तहमा अध्ययनरत २३ जना गरिब, जेहेनदार, अपाङ्गता भएका, दलित तथा सीमान्तकृत छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।
क्याम्पस प्रशासन प्रमुख ललित श्रेष्ठका अनुसार छात्राहरूको शैक्षिक स्तरवृद्धिका लागि क्याम्पसमा आज एक कार्यक्रमका बीच सो छात्रवृत्ति वितरण गरिएको हो। कार्यक्रममा उपमेयर जमुना कार्की सुवेदीले नगरपालिकाको बेरुजुका कारण बजेटमा केही सीमितता भए तापनि विद्यार्थीको हितका लागि रु. १ लाख बराबरको यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। क्याम्पस सञ्चालक समिति अध्यक्ष गोविन्द ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नं. १० का अध्यक्ष खड्क बहादुर तुम्बाहाङफे लगायतको उपस्थिति रहेको थियो। म्याङलुङ नपा–१० तम्फुलामा अवस्थित उक्त क्याम्पसमा म्याङलुङ नगरपालिका सहित जिल्लाका अन्य पालिकाबाट गरी ५ सय विद्यार्थीहरु अध्ययनरत छन् ।