१४ बैशाख तेह्रथुमः तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित चो?लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवको अवसरमा आयोजित चो?लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सिर्जना गरेको हो ।

गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार बसन्तपुर बजारको चो?लुङ पार्कमा आयोजित चो?लुङ साहित्य गोष्ठीमा कविता वाचन गर्नुहुँदै भारत सिक्किमकी अनुसन्धाता एवम् कवि सन्ध्या सिङ्जागो सुब्बा । उहाँ सँगै दुई दर्जनभन्दा बढी चर्चित कविहरुको कविताले शनिबार र आइतबार चो?लुङ पार्क गुञ्जयमान बन्यो । रैथाने वास्तु शैलीमा निर्मित पर्यटकीयस्थल चो?लुङ पार्कमा यस किसिमको कार्यक्रम आयोजना गरेर लालीगुराँस नगरपालिकाले कला–साहित्यको मूल्यबोध गरेको विराटनगरदेखि आउनुभएकी कवि एवम् आख्यानकार सीमा आभाषले बताउनुभयो ।

गुराँस साहित्य गोष्ठीमा संघीय राजधानी काठमाडौं सहित विभिन्न जिल्ला र छिमेकी मुलुक भारत सम्मका ख्यातीप्राप्त कविहरुले प्रकृति, संस्कृति, सामयीकता, प्रेम र मानवीय संवेदना समेटिएका कविताहरु वाचन गरेर कविताका पारखीहरुलाई मन्त्रमुग्ध बनाएका थिए । कविता गोष्ठीको मूख्य आकर्षणको रुपमा रहनुभएका चलचित्र निर्देशक, आख्यानकार एवम् कवि उपेन्द्र सुब्बाले समाजलाई गति दिन र समृद्ध बनाउन यस्ता वैचारिक जमघट र विमर्शहरु हुन आवस्यक रहेको बताउनुभयो ।

भनिन्छ, साहित्य हृदयको भाषा हो । कविता अभिव्यक्तिको एक विशिष्ट रुप हो । कला–साहित्यले समाजका सुन्दर र कुरुप दुबै पक्षलाई कलात्मक प्रस्तुतीकासाथ उजागर गर्दछ । जसले समाजलाई चेतना प्रदान गर्दछ । यहीँ सत्यलाई आत्मसात गरेर जलवायू परिवर्तन र त्यसको असर न्यूनिकरणका लागि साहित्यको माध्यमबाट सन्देश प्रवाह गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुनबाबु माबुहाङले बताउनुभयो ।

प्रकृतिको सुन्दर काखमा प्रकृतिप्रति प्रेम दर्साउन र प्रकृति संरक्षणको सन्देश फैलाउन आयोजना गरिएको गुराँस साहित्य गोष्ठीमा स्थानीय पर्यटन प्रबद्र्धन र विकास, गुराँस संरक्षणको सवाल साथै जलवायू परिवर्तन र मुन्धुमी ज्ञान बिचको सम्बन्धबारे पनि विमर्श गरिएको थियो ।