April 27, 2026

तेह्रथुम उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

तेह्रथुम, १३ वैशाख ः तेह्रथुम उद्योग वाणिज्य संघको अध्यक्षमा तारावीर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।


आइतबार सम्पन्न संघको १२ औं जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको निर्वाचत समितिका संयोजक नरेश ढुंगानाले बताउनुभयो ।
संघको वरिष्ठ उपाध्यक्षमा राजन खत्री, प्रथम उपाध्यक्षमा धर्मसिं खड्का, द्वितीय उपाध्यक्षमा लोमनाथ ढुंगाना, महासचिवमा शरदमणी दाहाल, सचिवमा दुर्गानारायण भण्डारी र कोषाध्यक्षमा राोशन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा दिलबहादुर विष्ट, जीवन ढकाल, लालबहादुर लोहार, बिमला फोम्बो, चन्द्रप्रकाश ढुंगाना, चिरञ्जीवि खनाल, रिवाज राई र सुरज कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचित समिति संयोजक ढुंगानाले जानकारी दिनुभयो ।

Ads

Ad

Ad

Copyright Reserved by NepBrand