तस्बिरः वविता राई
तेह्रथुम
८ माघ २०८२
कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा स्थानीय पहिचान र विशेषता झल्काउन निर्माण गरिएका स्थान विशेष स्तम्भहरुः
१.लालिगुराँस स्तम्भ, जिल्लाको लालिगुराँस नगरपालिकाको बसन्तपुर बजारमा निर्मित यो स्तम्भले लालिगुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे)को प्रवेशद्वार पुगेको संकेत दिन्छ।

२.मेयङलुङ स्तम्भ, सदरमुकाम म्याङलुङ बजारमा निर्मित यो स्तम्भले म्याङलुङको ऐतिहासिकता झल्काउछ।

३.लसुन स्तम्भ, लालिगुराँस नगरपालिका वडा नं.७ र ९ नौ मा पर्ने लसुने बजारमा रहेको यो स्तम्भले लसुने स्थानीय कृषि उपज लसुनको लागि प्रख्यात छ, भन्ने बुझाउछ।

४.ढाका बुनकर स्तम्भ, तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको टुँडिखेलमा रहेको यो स्तम्भले तेह्रथुमे ढाकाको लोकप्रियतालाई उजागर गर्छ, तेह्रथुमलाई वि.सं. २०७९ मा ढाकाको राजधानी घोषणा गरिएको थियो।
