May 20, 2026

आठराई–५ मा देवेन्द्र लामाको सभापतित्वमा रास्वपाको नयाँ कार्य समिति चयन

६ जेष्ठ तेह्रथुमः जिल्लाको आठराई गाउँपालिका– ५, छातेढुङ्गामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

सोमबार सम्पन्न अधिवेशनले देवेन्द्र लामाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समतिको उपसभापतिमा राजेन्द्र राई, सचिवमा रोशन मिश्र, सहसचिवमा दीपक अधिकारी र कोषाध्यक्षमा निशा दुलाल मिश्र निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरूमा खेम कन्दङ्वा, कमल भुजेल, नवीन मिङमा तामाङ, अनुप देवान, बिनु राई र राजकुमार कन्दङ्वा निर्वाचित हुनुभएको छ ।

त्यस्तै ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार सदस्यहरूमा सन्देश कन्दङ्वा, सुमन चौलागाईं, सुमन तामाङ, नेत्र कुमार खवास र मनकुमार गोले चयन हनुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्य मिलन राईले जानकारी दिनुभयो ।

Ads

Ad

Ad

Copyright Reserved by NepBrand